त्रिभुवन विमानस्थल दैनिक ७ घण्टा बन्द हुँदै, के होला जापान उडान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2019 | 01:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दोस्रो चरणको जिर्णोद्वारको काम सुरु हुने भएकाले दैनिक सात घण्टा बन्द हुने भएको छ । भदौ १५ गतेदेखि पुस १५ सम्म विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको हो ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार जिर्णोद्धारको दोस्रो चरणको काम हुने अवधिभर सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म विमानस्थल राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म बन्द हुनेछ ।

नेपाल एयरलाइन्सको जापान उडान के होला ? 

विमानस्थल बन्द भएपनि नेपाल एयरलाइन्सको ओशाका उडान भने नरोकिने विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपाल एयरलाइन्स ओशाका उड्ने दिन भने उक्त विमानलाई उडान भर्न दिईनेछ । जहाज उडेपछि बन्द गरेर फेरि विमानस्थल मर्मतको काम सुरु गरिनेछ । एनएसीले मंगलबार, बिहीबार र शनिबार जापानको ओशाका उडान भर्न सुरु गरिसकेको छ । 

यसअघि विमानस्थलको पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ सम्म दैनिक १० घण्टा उडान रोकेर धावनमार्ग सुधार गरिएको थियो । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved