नेपाल एयरलाइन्सको जापान उडान कटौती !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 10:34:16 AM मा प्रकाशित

laxmi  sunrise bank

हप्ताको तीन उडान गर्ने तालिका सहित काठमाडौं–ओशा (जापान) उडान सुरु गरेको नेपाल एयरलाइन्सले बिहीबारको उडान स्थगित गर्ने संकेत गरेको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएको भन्दै निगमले हप्तामा २ उडान मात्रै पर्याप्त हुने जनाएको छ । 

चाडपर्व नजिकिएसँगै जापानबाट नेपाल आउने यात्रु सन्तोषजनक रहेको तर काठमाडौंबाट जापान जाने यात्रु कम रहेको निगमले जनाएको छ । ‘खाली उडान भर्नुभन्दा अहिले सातामा २ उडान मात्रै गर्ने र यात्रु बढ्नासाथ थप्ने गरि तयारी भईरहेको छ’ निगमको उच्च स्रोतले भन्यो । तर यो आधिकारीक भइनसकेको जनाईएको छ । 

निगमले १२ वर्षपछि बिहिबार (भदौ १२) देखि जापान उडान सुरु गरेको थियो । शनिबार ओशाकाबाट काठमाडौं फर्किदा जहाजले ९५ यात्रु बोकेर आएको थियो । निगमको मंगलबार, बिहीबार र शनिबार ओशाका उडानको तालिका छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved