दशैको टिकासम्मको हवाई टिकट छैन, कसरि सकियो सस्तो टिकट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2019 | 06:08:38 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको लागि सस्तो टिकट सकिएको छ। दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ भइसकेको बायुसेवा कम्पनीले जनाएका छन। 

उनीहरुकाअनुसार दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट मात्र नभई केहि गन्तब्यको लागि महँगो टिकेट समेत बुकिङ भइसकेका छन। यस पटक अग्रिम टिकट नखुलाउदै सस्तो टिकट सकिएको उनीहरुको भनाई छ।   

अनलाइन मार्फत टिकट किन्नेको संख्या बढेकाले पनि यस पटक महिनादिन अघि नै टिकट सकिएको बायुसेवा कम्पनीले जानकारी दिएका छन। इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, सेल पे जस्ता अनलाइन पेमेन्ट मार्फत टिकट किन्ने बढेकाले पनि धेरैले अग्रीममा नै सहजै टिकट बुकिङ गरेको पाइएको छ। 

केहि बर्षअघिसम्म अहिले बसको टिकट काट्न भिड लागेजस्तो हवाई टिकटको लागि पनि भिड हुने गरेपनि प्रविधिको विकास र सहज भुक्तानी व्यवस्थाले महिना दिन अघि नै अग्रिममै सस्तो टिकट सकिएको कम्पनीले जनाएका छन।

दशैका लागि काठमाडौंबाट बिभिन्न गन्तब्यमा जाने यात्रु धेरै हुने तर फर्किने कम हुने भएकाले टिकट तुलनात्मक रुपमा महँगो हुने बुद्ध मार्केटिंङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीले बिजपाटीलाई बताएका छन। 

टिकट महँगो किन?

दशैंका बेलामा काठमाडौंबाट वाहिर जाने यात्रुलाई टिकटको मूल्य महँगो पर्छ। काठमाडौंबाट विभिन्न गन्तब्यमा जाने यात्रु धेरै हुने तर फर्किने बेलामा यात्रुनै नहुने भएकाले टिकट महँगो पर्छ।तर नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम शुल्क भन्दा बढी भने लिन मिल्दैन।

अन्य समयमा जाने र आउने यात्रुको संख्या करिब बराबरीकै अवस्था रहने भएपनि दशैं जस्ता चाडपर्वमा निश्चित गन्तब्यमा जानेको संख्याको तुलनामा फर्किनेको संख्या कम हुने भएकाले टिकट केहि महँगो हुने व्यवसायीहरुले बताएका छन। 

यस पटक बिगतमा जस्तो दशैंमा टिकट नै नपाइने अवस्था नरहेको तर केहि महँगो पर्ने व्यवसायीको भनाई छ। पछिल्लो समय पुराना बायुसेवा कम्पनीले धमाधम जहाज थपेका छन भने नयाँ कम्पनी समेत थपिने क्रममा छन। जहाजको संख्या बढेकाले चाडवाड भएकै कारणले टिकट पाउन असहज नहुने व्यवसायीहरुले बताएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved