बुद्ध एयरको विमान धनगढीमा आकस्मिक अवतरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 08:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

काठमाडौँबाट नेपालगञ्ज जादै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ । काठमाडौँबाट ६४ जना यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको फ्लाइट नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिए ।

उनका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब बिहीबार बिहान ७ बजे धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिए ।

नेपालगञ्जमा बिहानैदेखि अविरल वर्षा भए पनि नेपालगञ्ज विमानस्थलबाट हुने अन्य नियमित उडान भने नरोकिएको नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved