हवाई यात्रामा जेष्ठ नागरिकलाई छुट दिने मन्त्रीको घोषणा कार्यान्वयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 03:36:10 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियत दिने भएका छन् । वायुसेवा सञ्चालक हरुको संस्थाले जेष्ठ नागरकलाई हवाई भाडामा ५० प्रतिशत दिने निर्णय गरेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिलाउने घोषणा गरेका थिए । लगत्तै वायु सेवा सञ्चालकहरुले आपत्ति जनाएका थिए । तर नेपाल एयरलाइन्सले छुटको घोषणा गरेपछि नीजि क्षेत्रको श्री एयरलाइन्सले पनि छुट दिने घोषणा गरेको थियो । 

श्रीको घोषणापछि अरु कम्पनी पनि आन्तरिक उडानमा जेष्ठ नागरिकहरुलाई छुट दिन तयार भएका हुन् । घोषणा भएको छुट दिने निर्णय असोज १२ गतेदेखि लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved