विश्वकै ठूलो एयरपोर्टमा हिमालय एयरले पायो स्लट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 03:22:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै ठूलो मध्येको एक चीनको बेइजिङस्थित डाक्सिङ विमानस्थलमा नेपालको हिमालय एयरलाइन्सले स्लट पाएको छ । चीनका विभिन्न शहरमा उडानको तयारीमा रहेको हिमालय एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा उडान गर्न स्लट पाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

हिमालयले उक्त विमानस्थलमा दैनिक एक उडान गर्ने गरी स्लट पाएको हो । हिमालयले ल्याउन लागेको १२८ सिट क्षमताको ए ३१९ जहाजमार्फत बेइजिङमा उडान गर्ने भएको हो । 

यसैबीच हिमालयले मलेसियामा पनि उडान विस्तार गर्ने भएको छ । यसअघि पनि मलेसिया उडान गरेको हिमालयले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved