नेपाल–चीन सिधा हवाई सम्पर्क, हिमालयले थाल्यो बेइजिङ उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 12:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक नेपाल–चीन सिधा हवाई उडान सुरु भएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले चीनको राजधानी बेइजिङमा सिधा हवाई उडान सुरु गरेसँगै नेपाल–चीन हवाई सम्पर्क स्थापित भएको हो । हिमालय एयरलायन्सले आइतबार बेइजिङस्थित डाक्सीङ विमानस्थलमा पहिलो व्यावसायिक उडान गरेको हो । 

हिमालयको एच ९६६५ (न्यारोबडी विमान एयरबस ३२०) जहाज ६५ जना यात्रु बाकेर बेइजिङ उडेको हो । यो १ सय ५८ सिट क्षमताको जहाज हो । फर्किँदा ७० जना यात्रु हुनेछन् । आज गएको आजै राती राति पौने १० बजे काठमाडौं फर्किने छ । हिमालयले आइतबार, मंगलबार र शुक्रबार गरि सातामा तीन उडान भर्नेछ । एकतर्फी न्यूनतम भाडा दर २४ हजार रुपैयाँ छ ।

यसअघि नेपाल एयरलाईन्सले चीनको सांघाई र ल्हासामा उडान गरेको थियो । तर दुई मुलुकका राजधानी जोड्ने सिधा हवाई उडान भने भएको थिएन’ । नेपाल एयरलाइन्सले ल्हासामा २०४६ सालभन्दा पहिला केही महिना र सांघाईमा १२ वर्ष उडान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved