एक वर्षमै २ अर्ब बढी बचत गर्ने नेपाल एयरलाइन्सको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2019 | 05:09:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु निगम (नेपाल एयरलाइन्स)ले एक वर्षमा २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले खर्चको भार कटौती गर्दै नयाँ गन्तव्यमा उडान विस्तार गरेर वचतको लक्ष्य निर्धारण गरिएको बताए ।

जापान उडान नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यको उडान नाफामा रहेको दाबी गर्दै खरेलले आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको लक्ष्य रहेको सुनाए । उनले आफूहरुको टिमले इमानदारीताका साथ काम गरेको भन्दै हतोत्साहित नबनाइदिन आग्रह समेत गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved