समयमै उडान नहुने विमानस्थलमा काठमाडौँ विश्वकै पाँचौँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 01:27:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समयमा उडान नहुने एयरपोर्टको सूचीमा अग्र स्थानमा परेको छ । विश्वका १ हजार १९९ वटा विमानस्थलमा गरिएको अध्ययन पश्चात तयार पारिएको ‘एयरपोर्ट र्‍याङ्किङ’मा काठमाडौँ एयरपोर्ट १ हजार १९४ औँ स्थानमा परेको हो । 

अर्थात् काठमाडौँको विमानस्थल समयमै उडान नहुने विमानस्थलको सुचीमा ५ औ स्थानमा परेको छ  । हवाई उडड्यन  सम्बन्धि सबैभन्दा धेरै डाटा भएको कम्पनी ‘ओएजी’को अक्टोबर महिनाको मासिक सर्वेक्षण अनुसार नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट ४५.२ प्रतिशत उडान मात्रै समयमै हुने देखाएको छ । कम्पनीले काठमाडौँबाट उडान भएका ४ हजार २ सय ६२ उडानको अध्ययन गरेको थियो  । 

नेपालको बरियता अघिल्लो महिनाको तुलनामा झन् खस्किएको हो । अघिल्लो महिना नेपालको बरियता ११ सय ६८ थियो । अघिल्लो महिना ५६.३ प्रतिशत उडान समयमा भएका थिए । अघिल्लो महिना नेपाल ३२ औँ खराब स्थानमा रहेकोमा यस पटक ५ औँ खराब स्थानमा परेको हो । 

डेनमार्कस्थित करुप एयरपोर्ट समयमै उडान हुने विमानस्थलको सूचीमा १ नम्बरमा छ । उक्त विमानस्थलबाट ९८.१ प्रतिशत उडान समयमै हुने अध्ययनले देखाएको छ । 

हेर्नुस समय मै उडान नहुने विमानस्थलहरु : 
हेर्नुस समय मै उडान हुने शिर्ष विमानस्थल : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved