भ्रमर्ण वर्षको सङ्घारमा कोलकाता उडान बन्द गर्दै बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 02:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ । कोलकाता उडान शुरु गरेको ६ महिनामै १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।

सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए । नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने बजार निर्देशक जोशीले जानकारी दिए । कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved