नेपालका २ एयरलाइन्स खराब सूचीमा ‘फस्ट’ र ‘सेकेण्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 01:27:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एयरलाइन्सहरुको अन्तराष्ट्रिय रेटिङ सार्वजनिक गर्ने ‘एयरलाइन रेटिङ डटकम’ नामक वेवसाइटले नेपालका २ वटा विमान कम्पनीलाई खराब सूचीमा राखेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र तारा एयरलाई उक्त वेवसाइटले खराब विमानको सूचीमा राखेको हो । 

एयरलाइन रेटिङ डटकमले प्रकाशित गरेको सूचीका आधारमा अन्तराष्ट्रिय खबर पत्रिका फोब्र्सले समाचार नै लेखेको छ । इन्टरनेशनल ट्रान्स्पोर्ट एसोसिएसन अपरेसनल सेफ्टी अटिड सर्टिफिकेट, युरोपियन युनियनको कालोसूचीमा परेको देश, एयरलाइन्सले दिने सेवासुविधा लगायतलाई आधार बनाएर उक्त वेवसाइटले सूची तयार गरेको बताईएको छ । 

पूर्ण अंक ७ मानेर गरिएको अध्ययनमा नेपालको तारा एयरले जम्मा १ अंक पाउँदै खराब विमान कम्पनीको सुचीमा पहिलो नम्बरमा परेको छ । दोस्रो नम्बरमा रहेको नेपाल एयरलाइन्सले पनि १ अंक नै पाएको छ । सन् २०१० र २०११ मा ताराका विमान दुर्घटना भएका कारण उक्त कम्पनीलाई नै खराबको सूचीमा राखिएको बुझिएको छ । नेपाल एयरलाइन्स भने गएका ८ वर्षमा ९ वटा दुर्घटना भएका कारण खराब सूचीमा परेको हो । 

सूचीको तेस्रो स्थानमा अफगानिस्तानको एरियाना अफगान एयरलाइन्स, चौथो स्थानमा दक्षिण अमेरिकाको ब्लुविङ एयरलाइन्स परेको छ । अफगानिस्तानकै कम एयर, इन्डोनेसियाको त्रिगंगा एयर सर्भिस र काजिकस्तानको एसक्याट एयरलाइन्स पनि खराब विमानको सूचीमा छन् ।

सन् २०२० मा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’को मुखैमा राष्ट्रिय ध्वजा बाहकसहित २ वटा विमान कम्पनी अन्तराष्ट्रिय वेवसाइटको खराब सूचीमा पर्नुले नेपालमा पर्यटन आगमन घट्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved