मन्त्री भट्टराईले भने, ‘निजगढ एयरपोर्टबारे सर्वोच्चमा बहस गर्न तयार छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2019 | 12:45:43 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलका विषयमा आफू अदालतमा बहस गर्न तयार रहेको बताएका छन् । आफूलाई बहस गर्ने अनुमति पाए निजगढ अन्तराष्ट्रिय विमानस्थलको विषयमा सर्वोच्च अदालतमा गएर बहस गर्न तयार रहेको उनको भनाई छ । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितीमै राख्न भनेपछि मन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले निजगढ विमानस्थल राष्ट्रिय महत्व र मूलुकको भविष्यसँग जोडिएको आयोजना भएका कारण जसरी पनि बन्नुपर्ने भन्दै आफू बहसको लागि तयार रहेको बताएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved