भरतपुर विमानस्थल सञ्चालनमा आयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 12:27:56 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावनमार्ग मर्मत र रङ्गरोगनको काम सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको हो । 

नागरिक उड्डयन प्राधिकरण कार्यालय भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको धावनमार्गमाथि कालोपत्रे थप गरिएको छ । गौतमले विमानस्थललाई नेपाल भ्रमण वर्ष २०२० लक्षित आकर्षक बनाइएको समेत जानकारी दिएका छन् । हाल भरतपुर विमानस्थलबाटबुद्ध र यतिले दैनिक ५/५ उडान काठमाडौँमा र दैनिक १/१ उडान पोखरा गर्दै आईरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved