इरान र इराकको आकाश हुँदै नेपाल आउँछन् आधा दर्जन विमान, जोखिम कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 09, 2020 | 05:24:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका र इरानबीचको तनाव बढेसँगै केहि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उडानको क्रममा ति क्षेत्र प्रयोग नगर्ने निर्णय गरेका छन् । यससँगै नेपालमा पनि अन्तराष्ट्रिय उडानबारे चासो सुरु भएको छ । 

तर हालसम्म मध्यपूर्वका इरान र इराकको आकाश हुँदै नेपाल भित्रिने र नेपालबाट उडान भरेर सो रुट हुदै सम्बन्धित गन्तव्य मूलुकमा पुग्ने विमान कम्पनीहरुले हालसम्म रुट फेरबदल गरेका छैनन् । हाल नेपाल आउने र नेपालबाट उडान भर्ने ६ वटा अन्तराष्ट्रिय विमान कम्पनी इरान र इराकको आकाश हुँदै उड्ने गरेका छन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, कतार एयरवेज, इतिहाड एयरवेज, फ्लाई दुवइ र जजिरा एयरवेजले इरानी र इराकी आकाश प्रयोग गरेर नेपालमा उडान भर्दै आएका छन् । कतार एयरवेज र फ्लाई दुवइले इरानको आकाश र बाँकी ४ वटाले इराकको आकाश प्रयोग गरेर उडान भर्दै आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यी विमान कम्पनीले दैनिक १२ वटा उडान भर्दै आएका छन् । सबै विमान कम्पनीले दैनिक उडान नभर्ने र कम्पनी अनुसार फरक फरक बारमा उडान हुने भएकाले दैनिक १२ वटा उडान हुँदै आएको प्राधिकरणका अधिकारी दिपक बज्राचार्यले जानकारी दिए । उनका अनुसार १२ वटा उडानमार्फत करिब १५ सय यात्रुले यात्रा गर्ने गरेका छन् । 

अमेरिका र इरानबीचको विवाद चुलिएपनि हालसम्म नेपालमा उडान भर्ने कुनै पनि विमान कम्पनीले आफ्नो रुट परिवर्तन गरिसकेका छैनन् । उक्त रुटमा जोखिम हुनसक्ने सरकारले भनिसकेपनि रुट परिवर्तनको कुनै पहल भएको छैन । इराकमा हाल १५ हजार नेपाली रहेको सरकारी अनुमान रहेपनि ‘गल्फ न्यूज’ले भने २५ हजार नेपाली रहेको दाबी गरेको छ । साउदी कतार लगायतका खाडीका देशहरु नेपालीहरुको रोजगार गन्तव्यसमेत भएकाले लाखौंको संख्यामा नेपालीहरु ती देशमा वैदेशीक रोजगारीका रुपमा कार्यरत छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved