एयरपोर्टको ट्वाइलेट पुगेर पर्यटनमन्त्रीले सोधे, ‘यो के हो हाकिम सा'ब ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 09:51:49 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विमानस्थलका शौचालय फोहोर हुने गरेको र पानी समेत नहुने गुनासो बढेपछि मन्त्री भट्टराईले शौचालयहरुको निरीक्षण गरेका छन् ।

शौचालयहरु निरीक्षणका क्रममा उनले हात धोएपछि पुछ्ने टिस्यु पेपर, एयर रिफ्रेसर र ड्रयाकर मेसिन नदेखेपछि विमानस्थलका हाकिमलाई झपारेका छन् । तर कर्मचारीहरुले शौचालयमा राख्ने ड्रयार मेसिन ल्याउन टेन्डर भइसकेको उत्तर दिए । त्यतिमात्रै नभई कर्मचारीले शौचालयमा आउने यात्रुले हात मात्रै नभई जुत्ता समेत पुछ्दा धेरै खर्च हुने गरेको सुनाए । यसपटक मन्त्री भट्टराई निकै आक्रामक हुँदै भने, ‘खर्च हुन्छ त, हात पुछ्न त पर्‍यो नि ।’

एयरपोर्ट परिसरमा छरिएका फोहोर र फोहोर पानी देखाउँदै मन्त्री भट्टराईले एयरपोर्टका जिएम देवेन्द्र केसीलाई सोधे, ‘यो के हो हाकिम साब ?’ समान्य सरसफाई समेत गर्न नसकेको भन्दै आक्रोशित देखिएका उनले एयरपोर्टका हाकिमलाई काम गर्न नसक्ने भए ठाउँ खाली गर्न समेत चेतावनी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved