सरकारी कार्ययोजनामा लापरबाहीको पराकाष्ठा, खेस्रा कागजमा ५ वर्षे योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 15, 2020 | 10:53:02 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयर कार्गो कार्गो सञ्चालनको जिम्मा फेरि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई दिईएको छ। महानिर्देशकस्तरी निर्णयबाट २०७६ असोज २९ गते पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई ५ वर्षको योजनासहित ३ महिनाभित्र प्रस्ताव पेश गर्न भनेको थियो।

कम्पनीले आफ्नो योजना बुझाउने समयसिमा पौष २९ गतेसम्म पाएको थियो । कम्पनीले पौषको पहिलो हप्ता नै ५ वर्षे कार्ययोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो ।

१ पन्नामा ५ वर्षे योजना

उक्त कार्ययोजनाको मूल्यांकन गरी प्राधिकरणले ६ महिनाको लागि कार्गो गोदाम सञ्चालनको जिम्मा दिएको छ । प्राधिरकणका पारवहन हेर्ने अधिकारी रामचन्द्र सुवेदीले हाललाई ६ महिनाको लागि मात्रै पारवहन तथा गोदाम व्यवस्था कम्पनीलाई एयर कार्गो सञ्चालनको जिम्मा दिईएको बताए ।

‘हामीले एकैपटक ४ वर्षको लागि जिम्मा दिन खोजेका थियौँ तर पावहन कम्पनीको कार्ययोजना चित्त बुझ्दो आएन । ५ वर्षे योजना १/२ पानामा लेखेर बुझाएको छ’ उनले बिजपाटीसँग कुरा गर्दै भने, ‘त्यसैले अहिलेलाई ६ महिनाको लागि मात्रै दियौँ ।’ 

२०६६ साल मंसिर १० गते २ वर्षका लागि भनेर कार्गो सञ्चालनको जिम्मा पाएको पारवहन तथा गोदाम व्यवस्था कम्पनीले हालसम्म पनि पटक पटक म्याद थप गर्दै चलाईरहेको छ । यसबीचमा कार्गो गोदाम चलाउने जिम्मा नीजि क्षेत्रलाई भाडामा दिने भनेर प्राधिकरणले ठेक्का समेत आह्वान गरेको थियो । तर प्राधिकरणले कालोसूचीमा परेको ठेकेदार कम्पनी भन्दै ठेक्का रद्द गर्ने निर्णय गरेपछि प्राधिकरण र ठेकेदार कम्पनीबीचको विवाद अदालतसम्म पुगेको थियो । सर्वोच्च अदालतको २०७४ मंसिर १३ गतेको आदेशपछि प्राधिकरणले बोलपत्र आह्वान नै रद्द गरेको थियो । 

२०७१ साल माघ १३ गते नागरिक उड्डयन प्राधिकरणले एयर कार्गो गोदाम भाडामा सञ्चालन गर्न आह्वान गरेको बोलपत्रमा भाग लिएका कम्पनीमध्येबाट कम मूल्यमा कबोल गर्ने कम्पनी आफूले पाएको ठेक्का नदिई रद्द गर्न लागिएको भन्दै अदालत पुगेको थियो । प्राधिकरणले एकतर्फी रुपमा बोलपत्र रद्द गरेको भन्दै त्यतिबेला ठेक्का पाएको कम्पनी SKYLIFT CONSOLIDATOR SINGAPORE in association with COMPLETE CONTRACT COMPANY PVt LTd ले फेरि अदालत जाने चेतावनी दिएको छ । 

प्राधिकरणका अधिकारी एयर कार्गो सञ्चालनको जिम्मा नीजि क्षेत्रलाई दिँदा सरकारी तथ्यांक बाहिरिन सक्ने खतरा भएकाले सरकारी कम्पनीलाई नै सञ्चालन गर्न दिईएको बताउँछन् । यता ठेक्का पाएको कम्पनीले भने नीजि क्षेत्रप्रति अविश्वास थियो भने बोलपत्र किन आह्वान गरियो र पाएको ठेक्का किन दिइएन भन्ने प्रश्न गरिरहेको छ । 

यसअघिः

एयरपोर्टको कार्गो गोदाम सञ्चालनमा अनेकौँ खेल

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved