उड्डयन प्राधिकरणबाट खरेल र श्रेष्ठलाई हटाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 04:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल नागरिक उडड्यन प्राधिकरणको सञ्चालक समितिबाट विमान कम्पनीबाट सञ्चालक बनेका २ जनालाई हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव्म सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठलाई सञ्चालकबाट हटाएको हो । 

सरोकारवालाको सुझावमा प्राधिकरणको सञ्चालक रहेका विमान कम्पनीका प्रतिनिधिलाई हटाईएको मन्त्री बास्कोटाले बताए । 

अब नेपाल नागरिक उडड्यन प्राधिकरण एने २०५३ को दफा १३ को उपदफा १ को (ङ) मा व्यवस्था भएअनुसार उडड्यन सम्बन्धमा योग्य व्यक्तिमध्येबाट कम्तीमा एकजना महिलासहित मनोनित दुईजना सदस्य नियुक्त हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved