वर्षाले दर्जनबढी उडान रद्द (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 10:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार साँझदेखिको वर्षाका कारण हवाई सेवा प्रभावित भएको छ । शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट देशका विभिन्न स्थानमा हुने उडान अवरुद्ध भएका छन् । बिहान १०ः१० बजेसम्म आन्तरिक २ वटा र अन्तराष्ट्रिय एक गरी जम्मा ३ वटा मात्रै उडान भएको छ । 

बिहान १०ः०५ बजे एयर इन्डियाको जहाजले दिल्ली उडान गरेको छ भने अन्य अन्तराष्ट्रिय उडान भने रोकिएका छन् । यस्तै इन्डिगोको दिल्ली उडान डिले भएको छ । शुक्रबार बिहान नेपाल एयरलाइन्सका ३, हिमालय एयरलाइन्सको १ र इन्डिगोको १ गरी जम्मा ५ अन्तराष्ट्रिय उडान काठमाडौँ एयरपोर्टमा अवतरण भएका छन् । 

आन्तरिकतर्फ भने समिट, सीता र ताराको लुक्ला उडान रद्द भएको छ । बुद्ध र यतीको पनि पोखराबाट हुने उडान डिले भएको विमानस्थल कार्यालयले जनाएको छ । बिहान बुद्धले नेपालगञ्ज र यतीले धनगढी उडान गरेका छन् । शुक्रबार आन्तरिक उडान तर्फ काठमाडौँबाट छुट्ने ६ र काठमाडौँ आउने ७ गरी जम्मा १३ उडान रद्द भएका छन् । 

काठमाडौँ आएका आन्तरिक उडानः

काठमाडौँबाट भएका आन्तरिक उडानः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved