नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । उनले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डबाट एयरलाइन्सका प्रतिनिधिलाई हटाउने निर्णय गरेसँगै उनी रुष्ट बनेका थिए ।