नेपाल एयरलाइन्सका २५ पाइलटले बुझाए सामूहिक राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 10:00:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सका २५ जना पाइलटले राजीनामा बुझाएका छन् । सेवा सुविधामा विदेशी र नेपाली पाइलटबीच विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । निगम व्यवस्थापन समक्ष राजीनामा बुझाएका उनीहरुले ३ महिना भित्रमा नेपाली पाइलटलाई दक्ष बनाएर विदेशी पाइलट हटाउने कि नेपाली पाइलटले बुझाएको राजीनामा स्वीकृत गरी करारका पाइलटमार्फत काम चालाउने भन्ने विकल्प समेत दिएका छन् ।

विदेशी पाइलटले एक महिनामा ४६ घण्टा जहाज उडाउने तर नेपाली पाइलटले भने ९५ घण्टा जहाज उडाउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ । राजीनामा बुझाएका पाइलटहरुले विदेशीले महिनामा १५ लाख तलब पाउँने र त्यसको कर पनि निगम व्यवस्थापनले तिरिदिने तर नेपालीलाई ५ लाख मात्रै दिने गरिएको आरोप लगाएका छन् । 

निगमसँग ४० जना पाइलट रहेकोमा २५ जनाले राजीनामा दिएका छन् । बाँकीले पनि केही दिनमै राजीनामा बुझाउने तयारी गरिरहेको बताईएको छ ।

राजीनामा पत्रः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved