निगमले तिर्‍यो अर्ब बढी ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 05:04:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले सरकारी कोषबाट लिएको ऋणको किस्ता तिरेको छ । निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको पुष मसान्तमा तिर्नुपर्ने किस्ता बुझाएको हो । 

२ वटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार ७७० र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६२३ रुपैयाँ गरी कुल १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३९३ रुपैयाँ बुझाएको हो । निगमले हरेक ३÷३ महिनामा किस्ता तिर्नुपर्ने सर्तसहित ऋण लिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved