२ वटा जहाज किन्दा ४ करोड घुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 10:12:43 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन विमान निर्माता कम्पनी एयरबससँग जहाज खरिद गर्दा नेपाली अधिकारीहरुले नै घुस खाएको खुलासा भएको छ । एयरबसले नै घुस दिएको खुलासा गरेको हो । नेपालले २ वटा न्यारोबडी ३२० जहाज किन्ने सम्झौता भएपछि तेस्रो पक्षसँग सम्झौता गरेर घुस दिएको देखिएको फ्रान्सको एरिस डिस्ट्रिक्ट कोर्टले खुलासा गरेको हो ।

तेस्रो पक्षसँग 'एडभाईजरी' सेवा लिनको लागि सम्झौता भएको र सो कम्पनीलाई फेब्रुअरी २०१४ र अप्रिल २०१५ को बीचमा एयरबसले  ३ लाख ४० हजार युरो दिएको देखिएको उल्लेख छ । प्रतिवेदनले यो रकम घुस प्रयोजनको लागि भएको देखिन गएको उल्लेख गरेको छ ।  आजको मूल्य अनुसार ३ लाख ४० हजार युरो ४ करोड नेपाली रुपैयाँ भन्दा बढी हो । 

यस प्रकरणमा नेपाल एयरलाइन्सका तत्कालिन प्रवन्ध निर्देशक सुगतरत्न कसांकार बिरुद्द अख्तियारले भ्रष्टाचारको मुद्दा समेत चलाएको थियो । तर विशेष अदालतले उनलाई सफाई दिएको थियो । 

जहाज खरिद गर्दा अनियमितता भएको भन्दै तीव्र आलोचना भईरहेका बेला विमान विक्रेता कम्पनीबाट नै विमान किन्ने देशका अधिकारीले पैसा लिएको तथ्या सार्वजनिक भएको हो ।  

हेर्नुस प्रतिवेदनमा घुसबारे उल्लेख गरिएको अंश : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved