निजगढमा अर्जुन दृष्टिः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 02:49:40 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल ‘गेम चेन्जर प्रजेक्ट’ भएको दोहोर्‍याएका छन् । देशभरका विमानस्थलको हालको अवस्थाबारे जानकारी दिन नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले निजगढ विमानस्थलमा सरकारको अर्जुन दृष्टि रहेकाले यसको विकल्प नभएको बताएका हुन् । 

आगामी ५ वर्ष भित्र व्यवसायिक उडान हुने गरी उक्त विमानस्थल नबनाई नहुने उनको भनाई छ । मन्त्री भट्टराईले बनिसकेका हरेक विमास्थलले सेवासँगै व्यवसाय पनि गर्नुपर्ने र आफ्नो खर्च आफैँले जुटाउनुपर्ने बताएका छन् । ‘तराईका एयरपोर्टले त आत्मनिर्भर भएर मात्रै पुग्दैन, नाफा पनि कमाउनुपर्छ ।’ 

सरकारले कनेक्टिभिटीमा जोड दिएको भन्दै मन्त्री भट्टराईले त्यसमा हवाई कनेक्टिभिटी प्राथमिकतमा रहेको दाबी गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved