मन्थली एयरपोर्टमा ७० करोड खर्चिदैँ प्राधिकरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 10, 2020 | 02:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप विमानस्थल स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिरकणले प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले हाल उक्त विमानस्थलको गुरुयोजना बनाउने काम गरिरहेको जनाएको छ । 

हाल ५३० मिटर धावनमार्ग रहेको सो विमानस्थल २०३५ सालमा बनेको हो । धावनमार्ग छोटो भएकाले विस्तार गर्न प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु गरिसकेको छ । धावनमार्ग विस्तार गर्दा उत्तरतर्फ २ सय मिटर र दक्षिणतर्फ १ सय मिटर बढाउने प्राधिकरणको योजना छ । प्रस्तावित गुरुयोजनामा भने एयरपोर्टको धावनमार्ग १ हजार मिटर पु¥याईने उल्लेख छ । विस्तारका लागि प्रस्तावित क्षेत्रमा पर्ने उत्तरतर्फको जग्गा व्यक्तिगत आबादी र दक्षिणतर्फको जग्गा तामाकोशीको बगर क्षेत्र हो ।

विमास्थलको क्षेत्र विस्तार गरेर डोर्नियर, ट्वीनअटर र लेट विमान उडान र अवतरण गर्न सक्ने बनाउने योजनाका साथ कामलाई तीव्रता दिईएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलको भनाई छ । 

‘रामेछाप विमानस्थलमा ४५ देखि ६० सिट क्षमताको ‘एटिआर ४२ ६००एस’ जहाज अवतरण र उडान हुन सक्ने गरी स्तरोन्नति गर्ने योजना छ’ महानिर्देशक पोखरेलले भने, ‘नयाँ टर्मिलन भवन र कन्ट्रोल टावर पनि बनाउने हो, यसका लागि गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।’ 

तर निकट भविष्यमा नै प्राधिकरण टुक्रिएर हवाई सेवा प्राधिकरण र उड्डयन प्राधिकरण बन्दैछ । सेवा प्रदायक र नियामक फरक फरक हुँदा विमानस्थल सञ्चालकको काम हवाई सेवा प्राधिकरण मातहत पर्छ ।

मन्थली एयरपोर्ट विस्तार र स्तरोन्नतिका लागि प्राधिकरणले ७० करोड खर्च हुने अनुमान गरेको छ । यसको बजेट व्यवस्थापन नागरिक उड्डयन मन्त्रालयले गर्ने र मन्त्रालयले अर्थमा प्रस्ताव समेत पठाइसकेको बताईएको छ । उक्त विमानस्थललाई सगरमाथा क्षेत्रको उडानका लागि ‘हब’को रुपमा विकास गर्ने लक्ष्य रहेको प्राधिकरणको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved