कोरोना भाइरसको असर अन्तर्राष्ट्रिय गौतम बुद्ध बिमानस्थललाई पनि

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 11, 2020 | 02:30:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतम बुद्ध बिमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा बिमानस्थल निर्माण हुनु पर्ने त्यो गति लिन नसकेको बिमानस्थल निर्माण परियोजनाले जनाएको छ । 

निर्माणको लागी आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा बिमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बिमानस्थल कोरोना भाईरसको प्रभाव यस्तै रहने हो भने थपिएको म्याद भित्र सम्पन्न गर्न कठिनाई आउन सक्ने आयोजनाको भनाई छ । आईसीबी–२ अन्तर्गतका करिब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्तर्गतको  ८५ प्रतिशत बढी समान आईसकेको छ । दक्ष प्राविधिक जनशक्तिकै अभावमा सो उपकरणहरु जडानमा चुनौती थपिएको छ । 

 बिमानस्थलमा अहिले जम्मा १ सय ८५ जना कामदारले निर्माणको काम गरिरहेका छन । ४० जनाको चिनिया कामदारको टोली अहिले फिल्डमा हुनु पर्नेमा २० जना मात्रै   रहेकोले उपकरण जडानमा समस्या देखिएको छ । यसको साथै चीनबाट आयात गर्नु पर्ने उपकरणहरु ल्याउन चुनौती थपिएको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले बताए ।

उनले अहिले चीनबाट हवाई उडान हुन नसक्दा रनवेमा प्रयोग हुने केही बत्ती तथा ब्यागेज ह्याण्डिलिङ्ग सिस्टम आउन नसकेको बताए । ३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको सूरुवाती चरणमा केही ढिलो भए पनि पछिल्लो २ वर्षमा गति लिएको छ । बिमानस्थलको रनवेको काम करिब सकिएको छ । यस्तै एप्रोनको काम पनि सकिएको छ भने फिनिसिंङ्गको काम ४ प्रतिशत मात्र बाकी रहेको छ । विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले भने आयोजना अहिले पनि थपिएका म्यादमा सकिने सम्भावना रहेको बताए ।

उनले मार्चको मध्य सम्म पनि चीनबाट आउने समान र जनशक्ति आउन सके पनि मार्चको अन्तिम सम्ममा बिमानस्थललाई आवश्यक सञ्चालन योग्य भौतिक संरचना तयार गर्न सकिने दावी गरे । यस अघि ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक मार्च ३१ २०२० सम्मको लागी पुनः म्याद थपिएका छ । सरकारले ६ अर्ब ८२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो ।

यस्तै आईसिबी–२ अन्तर्गत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागी ५० करोड बिनियोजन भएको परियोजनाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved