विमानस्थलको आगलागी छानबिन गर्न समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 06:12:48 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार राती आगो लागेपछि त्यसको छानबिन गर्न समिति बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ दिनभित्र प्रतिवेदन बुझाउन भन्दै ५ सदस्यीय समिति बनाएको हो । 

समितिको संयोजकमा मन्त्रालयका सह–सचिव सुरेश आचार्य छन् । सदस्यहरुमा मन्त्रालयकै उप–सचिव राजन नेपाल, प्रहरी उपरीक्षक केदार ढकाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुल प्रसाद शिंखडा र प्राधिकरणकै उपनिर्देशक बिक्रम गौतम छन् ।

सोमबार राती ८ः१५ बजे विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कक्षको यात्रु प्रतिक्षालयसँगैको कफी सपमा आगलागी हुँदा विमानस्थल करिब १ घण्टा १० मिनेट अवरुद्द भएको थियो ।

यस्तो छ विज्ञप्तिः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved