नेपाल वायु सेवा निगमले २५ प्रतिशत सेयर बिक्री गर्ने भएको छ । निगमको संचालक समितिको बैठकले २५ प्रतिशत सेयर बिक्री गरी निगमको निजीकरण गर्न प्रस्ताव पारित गरेको हो ।
सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलअनुसार ७५ प्रतिशत शेयर सरकार कै रहने गरि बाँकि २५ प्रतिशत शेयर निजि क्षेत्रलाई दिईने तयारी भएको हो । २५ प्रतिशत मध्ये २२ प्रतिशत सेयर निजी कम्पनीलाई बिक्री गर्ने र ३ प्रतिशत सेयर निगमका कर्मचारीलाई दिने गरी प्रस्ताव भएको छ ।
हाल निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निजीकरणको सिफारिस गरेको हो । अब पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिको लागि प्रस्ताव गर्ने छ । अर्थले सहमति दिएपछि पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ ।
लामो समयदेखि निगमले आईपिओ निष्काशन गर्ने चर्चा चलेपनि निगमले गरेको प्रस्ताव सरकारले पारित गरे सर्वसाधारणले शेयर पाउने छैनन् ।