अन्तराष्ट्रिय उडान रोक्नेबारे प्राधिकरण बोल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 07:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनबाट फैलिन सुरु भएको (कोभिड–१९) कोरोना भाइरसका कारण विभिन्न देशहरुले आफ्ना देशहरुबाट हुने अन्तराष्ट्रिय उडान कटौती गरिरहेका छन् । अन्तराष्ट्रिय उडान भर्ने नेपाली विमान कम्पनीहरुले आफ्नो उडान पूरै स्थगित नगरेपनि सर्वोच्च अदालतले आवश्यक कदम चाल्न सरकारका नाममा अन्तरिम आदेश दिइसकेको छ । 

‘नेपाल भ्रमण वर्ष २०२०’ हाललाई स्थगित गर्ने निर्णय गरिसकेको सरकारले अन्तराष्ट्रिय उडान रोक्ने वा नरोक्ने बारेको निर्णय भने लिइसकेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय उडान रोक्नु पर्ने वा नपर्ने सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव दिएको छ । प्राधिकरणले स्वास्थ्य आपत्कालका समयमा अन्तराष्ट्रिय उडानमा रोक लगाउँदा त्यसले थप संकट ल्याउन सक्ने बताएको छ । 

प्राधिकरणले सरकारलाई सातबुँदे सुझाव बुझाएको छ । प्राधिकरणले दिएको सुझावलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी थप छलफल गरिने बताईएको छ । प्राधिकरणको सुझावका आधारमा सोही समितिले निर्णय गर्नेछ । 

सर्वोच्चले सोमवार चीनसहित जापान, दक्षिण कोरिया, बहराइन र इरान गरी पाँच मुलुकबाट हुने सोझै तथा ट्रान्जिट उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको थियो । अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले यस्तो आदेश दिएको थियो ।

प्राधिकरणले बुझाएको सुझावको निष्कर्षः

यसअघिः

कहिलेबाट रोकिन्छ अन्तराष्ट्रिय उडान ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved