एयरपोर्टको पार्किङस्थल प्याक, ‘इमर्जेन्सी ल्याण्ड’ गर्नु परे के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2020 | 03:28:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अन्तराष्ट्रिय उढान भर्ने जहाज पार्किङ स्थल भरिएको छ । हिमालय एयरलाइन्सले फागुन २० गते अन्तराष्ट्रिय उडानका लागि नयाँ जहाज भित्र्याएसँगै नेपालको जहाज पार्किङ क्षमता सकिएको हो । अब नेपालका कुनै पनि विमानस्थलमा अन्तराष्ट्रिय जहाज पार्किङको क्षमता छैन । 

यसअघि नेपालसँग अन्तराष्ट्रिय उडान भर्ने ८ वटा जहाज थिए । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसँग दुई वटा वाइडबडी एयरबस, दुई वटा न्यारोबडी एयरबस र एउटा बोइङ गरी जम्मा पाँच वटा अन्तराष्ट्रिय उडान गर्ने जहाज छन् ।

निजी क्षेत्रको हिमालयन एयरलाइन्ससँग चार वटा एयरबस छन् । यसअघि हिमालयसँग तिन वटा मात्रै रहेकामा फागुन २० गते आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर नयाँ ए३१९–११५ जहाज थप गरेसँगै अब हिमालयसँग ४ वटा जहाज भएका छन् । हिमालयसँग तिन एअरबस ए३२०–२१४ र एक एअरबस ए३१९–११५ विमान भएका हुन् ।

नेपालको जहाज पार्किङ क्षमता जम्मा ९ वटा मात्रै भएका कारण स्वदेशी एयरलाइन्सको उडान नभएका बेलामा अन्य जहाज पार्किङ गर्न नसकिने भएको हो । ‘पार्किङ क्षमता जम्मा ९ मात्रै छ, हाम्रा आफ्नै जहाज ९ वटा भईसके’ विमानस्थल र नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले भन्यो, ‘अब विदेशी विमान कम्पनीका जहाज पार्किङ गर्नुपर्ने अवस्था आयो भने हामी सक्दैनौँ ।’

हिमालयले नै सन् २०२१ सम्म ए३१९ का थप दुई वटा जहाज भित्र्याउने घोषणा गरिसकेको छ । 

‘पार्किङको विकल्प तयार हुँदैछ’

हाल विश्वका विभिन्न २९ वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । तर अन्तराष्ट्रिय उडान गर्ने जहाज पार्किङ भने काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मात्रै हुँदै आएको छ । काठमाडौँ विमानस्थलमा थप २ जहाज पार्किङ गर्न सक्ने गरी पार्किङ वे बन्दैछ । यो काम सकिँदा नेपालको जहाज पार्किङ क्षमता ११ वटा पुग्छ । 

‘काठमाडौँ बाहेक भैरहवा र पोखरा विमानस्थलमा पनि २/२ वटा लामो दुरीका उडान भर्ने विमान गर्न सक्ने वे बन्दैछ’ प्राधिकरण स्रोतले भन्यो, ‘काठमाडौँमा २ र भैरहवा र पोखरामा २/२ वटा जहाज पार्किङ वे बनिसक्दा हाम्रो क्षमता १५ वटा जहाज पार्किङ गर्न सक्ने हुन्छ ।’ निर्माणाधिन ‘पार्किङ वे’हरुको निर्माण सकिएपनि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले प्रमाणित नगरेसम्म पार्किङ गर्न नपाई अन्तराष्ट्रिय मान्यता छ ।

आपतकालिन अवस्था सिर्जना भयो भने के गर्ने भन्ने तर्फ प्राधिकरणले सचेत रहेको जनाएको छ । आपतकालिन अवस्थालाई नै ध्यानमा राखेर काठमाडौँमा पार्किङ वे थप्ने काम भईरहेको प्राधिकरणको दाबी छ ।

यसअघिः

दुर्घटना निम्त्याउँन सक्ने मन्त्री भट्टराईको त्यो निर्देशन...

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved