नेपाल एयरलाईन्सको उडानमा भारी कटौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 03:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank
कोरोना भाइरसका कारण नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा कटौती गरेको छ। यात्रु संख्यामा कमी आएपछि  निगमले आफ्नो उडान तालिकामा कटौती गरेको हो। 
निगमका अनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं-दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटामा झारेको छ । अब बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको निगमले जनाएको छ। त्यस्तै बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बइका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरेको जनाइएको छ। यसैगरी बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ।
यसअघि निगमले काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved