सरकारी निर्णयले अलपत्र यात्रु स्वदेश ल्याउन बिशेष व्यवस्था, आन्तरिक उडान निरन्तर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 09:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसबाट बच्न सरकारले गरेको अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णयबाट प्रभावितहरुका लागि स्वदेश ल्याउने व्यवस्था गरिने भएको छ। चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णयले बीचबाटोमै अलपत्र परेका यात्रुहरुलाई बिशेष व्यवस्था गरेर स्वदेश ल्याइने अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन्। 

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको आज बसेको बैठकका निर्णय सुनाउने क्रममा मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार सरकारले आज गरेको निर्णयले अलपत्र परेका यात्रुलाई सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वदेश ल्याउने व्यवस्था गरिने भएपनि उनीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राखिने बताए। 

सरकारले चैत ९ देखि १८ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरेको छ। यो निर्णयसँगै नेपालको एकमात्र अन्तर्राष्ट्रिय हवाई सम्पर्क बिच्छेद भएको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै सरकारले चैत १० देखि २१ गतेसम्म देशभित्रका लामो दुरीका सवारीसधान चलाउन पनि नदिने घोषणा गरेको छ। तर सरकारको यो निर्णय आन्तरिक हवाई उडानमा भने लागू नहुने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरिएको प्रष्ट पारेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडानका बारेमा कुनै पनि निर्णय नगरिएको जानकारी दिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved