श्री एयरले तोक्यो नयाँ भाडादर, कुन गन्तव्यको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 10:56:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नयाँ भाडादर तोकेको छ । शनिबारदेखि नयाँ भाडादर सार्वजनिक गरेको श्री एयरले सरकारले तोकेकोभन्दा कम भाडामा नै यात्रुलाई सेवा दिने दाबी गरेको छ । 

नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुर अधिकतम ७ हजार ४ सय रुपैयाँ छ । सरकारले काठमाडौँ–भद्रपरको हवाई भाडा अधिकतम ८ हजार ९६५ रुपैयाँ तोकेको छ । काठमाडौँ–बिराटनगरको हवाई रुटमा श्रीले ६ हजार १ सय रुपैयाँमा उडाउने बताएको छ । सरकारले स्वीकृत गरेको यो रुटको भाडा ७ हजार ४४० रुपैयाँसम्म छ ।

काठमाडौँ–जनकपुरको सरकारले स्वीकृत गरेको भाडा ४ हजार २४० भएपनि श्री एयरले ३ हजार ३ सय रुपैयाँमा नै उडाउने बताएको छ । काठमाडौँ–सिमराको सरकारले तोकेको भाडा ३ हजार ८० रुपैयाँ हो । तर श्रीले ३ हजारमा उडाउने बताएको छ । काठमाडौं–पोखरा स्वकृत भाडादर ४ हजार ९७५ भएपनि श्रीले ३ हजार ७ रुपैयाँमा उडाउने छ ।

काठमाडौँ–भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ हो । तर श्री एयरले ४ हजार ९ सयमा नै भैरहवा उडाउने बताएको छ । काठमाडौँ–नेपालगन्जको भाडादर ९ हजार ८५० रहेकोमा ६ हजार २ सय रुपैयाँ अधिकतम भाडा लिने बताएको छ । श्री एरलाइन्सले उडान भर्दै आएको काठमाडौँ–धनगढी रुटको सरकारी स्वीकृत भाडा १२ हजार ४५० रुपैयाँ हो । श्री एयरलाइन्सले भने ७ हजार ९ सयमा यात्रुलाई सेवा दिने बताएको छ । 

कोरोना भाइरसको संक्रमण प्रवेश गर्न नदिन सरकारले विभिन्न सेवा बन्द गरेपछि काठमाडौँ बाहिरिने यात्रुको संख्या बढेको छ । यात्रु बढेसँगै नयाँ भाडादर तोकिएको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

यो नयाँ भाडादर आइतबार र सोमबार बिक्रि हुने टिकटमा लागु हुने छ । केही दिनअघिसम्म सस्तोमा सेवा दिईरहेका एयरलाइन्सहरुले अचानक भाडा बढाएपछि नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार एयरलाइन्स व्यवसायीसँग छलफल समेत गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved