अध्यक्षमा घिमिरेको नियुक्तिले निगमका कर्मचारी उत्साहित, पर्यटनमन्त्री योगेश भट्टराईको प्रशंसा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 15, 2020 | 01:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशिल घिमिरेलाई नियुक्त गरेपछि कर्मचारीहरुमा खुसियाली छाएको छ। मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले तीन महिनादेखि रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा घिमिरेलाई नियुक्त गरेको हो। 

नियुक्तिपछि बिजपाटीसँगको कुराकानीमा उनले भने, "सुधार समितिले दिएका सुझाबहरु कार्यन्वयन गर्नमा केन्द्रित रहनेछु, निगमको संस्थागत, व्यवस्थापन, आर्थिकलगायतमा सुधार ल्याउनेछु।"

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव समेत रहेका घिमिरे ३० वर्षे कार्यकाल पूरा गरेर सरकारी सेवाबाट अवकाश भएका थिए। पर्यटन क्षेत्रमै लामो समय काम गरेको अनुभवी व्यक्तिलाई नै अध्यक्षमा नियुक्ति गरेर सरकारले राम्रो काम गरेको निगमका कर्मचारीहरुले प्रतिकृया दिएका छन्। 

"सरकारले पारदर्शी हिसाबले घिमिरे जस्तो अनुभवी व्यक्तिलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ, हाइट भएका व्यक्ति ल्याउने सरकारको हिम्मतले निगमको पनि हाइट बढ्नेमा बिश्वस्त छौं" नेपाल बायुसेवा निगमका आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष फरशुराम ज्ञवालीले बिजपाटीलाई बताए। 

नेपाल बायुसेवा निगम सुधार सुझाब समितिका अध्यक्षलाई नै कार्यकारी अध्यक्षमा नियुक्त गरेर पर्यटनमन्त्री योगेश भट्टराइले ऐतिहासिक काम गरेको ज्ञवालीको भनाई छ। "मन्त्री भट्टराईको यो निर्णय प्रशंनीय छ, सुझाब समितिले दिएको सल्लाहअनुसार काम हुने वातावरण भयो भने निगमको कायापलट हुन्छ" उनले भने।

योगेश भट्टराइ पर्यटन मन्त्री भएपछि निगमको सुधारका लागि ५ सदस्सिय नेपाल बायुसेवा निगम सुधार सुझाब समिति गठन गरेका थिए। घिमिरे उक्त समितिको अध्यक्ष थिए। 

घिमिरेलाई ब्युरेकेट्समा पनि राम्रो छवी भएको व्यक्तिको रुपमा लिइन्छ। सचिव पदमा रहंदा उनले राम्रो प्रभाव पारेको र क्यान पनि चलाएको अनुभव भएकाले घिमिरेमा काम गर्न सक्ने क्षमता रहेको बजारको बुझाई छ। 

यसअघि पर्यटन सचिव निगमको कार्यकारी अध्यक्ष हुने प्रचलन हुँदा  घिमिरे पर्यटन मन्त्रालयको सचिव हुँदा १८ महिना निगमको संचालक समिति अध्यक्ष थिए। घिमिरेले संचारमा सहसचिव हुँदा समेत नेपाल टेलिकमलाई नयाँ उचाईमा पुर्याउने काम गरेका थिए। 

सचिव जस्तो व्यक्ति त्यसमा पनि ब्यरोक्रेट्सले नै राम्रो मानेको र अनुभवी व्यक्ति निगमको कार्यकारी अध्यक्ष हुँदा काम गर्न सजिलो हुने निगमका कर्मचारीहरुको बिश्वास छ। 

चुनौतीको चाङ

घिमिरे अनुभवी व्यक्ति भएपनि उनिसँग वर्तमान अवस्थामा चुनौतीको चाङ रहेका छन्। ग्राउण्ड हेन्डलिंगमा राम्रो भएपनि आन्तरिक उडानमा निगमको उपस्तिथी कम्जोर छ। त्यस्तै कोरोनाका कारण सिर्जित पछिल्लो अवस्थामा उडड्यन क्षेत्रमा थपिएको चुनौतीको व्यवस्थापन घिमिरेको लागि अर्को चुनौतीको बिषय हो। 

त्यस्तै निगममा रहेको इन्जीनियरिङ बिभागका कार्यरत इन्जीनियरहरुको उचित व्यवस्थापन, हालै मात्र कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट महँगोमा लिएको ऋण भुक्तानी लगायतका बिषयहरु समेत चुनौतीका रुपमा रहेका छन्। यद्दपी घिमिरे अध्यक्ष रहेको सुझाब समितिले दिएको सुझाबको कार्यन्वयन गर्न सरकारले सहयोग गर्ने हो भने निगमले कायापलट गर्ने कर्मचारीहरुको बिश्वास रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved