२२८ यात्रु बोकेर टाइटन एयर बेलायत उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 03:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको टाइटन एयरले काठमाडौँबाट आज आफ्नो अन्तिम उडान गरेको छ । लकडाउनका कारण काठमाडौँमा नै रोकिएका विभिन्न देशका नागरिक बोकेर उक्त एयरको जहाजले आज शुक्रबार २ः४० बजे चार्टर उडान गरेको हो । जहाज आजै १ बजे काठमाडौं आइपुगेको थियो ।

उडानमा बेलायतसहित १९ मुलुकका २२३ यात्रु तथा तीनका ५ जना शिशुसहित २२८ यात्रु छन् ।

आजको उडानमा बेलायतसहित नेपाल, सोमालिया, क्यानडा, अमेरिका, नेदरल्याण्ड, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, स्पेन, स्विजरल्याण्ड, पोर्चुगल, इटाली, आयरल्याण्ड, मेक्सीको, डेनमार्क, अष्ट्रेलिया र ताइवानका यात्रु छन् । टाइटनको बोइङ ७६७ विमान काठमाडौंबाट करिब ५ घन्टामा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरि इन्धन भरेर पौने ८ घन्टा उडानपछि बेलायतस्थित लन्डन स्टैन्सटेड एयरपोर्टमा अवतरण गर्ने छ ।

लकडाउन सुरु भएयता बेलायती दूतावासले गरेको यो तेस्रो चार्टर उडान हो । यसअघि दूतावासले चैत्र २६ गते काठमाडौंबाट २५२ र चैत्र २८ गते २४८ यात्रुको उद्वार गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved