अन्तराष्ट्रिय हवाई उडान सहज बनाउन आईकाओको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 05:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले आफ्ना सदस्य राष्ट्रहरुलाई अन्तराष्ट्रिय हवाई उडानलाई सहज बनाउन अनुरोध गरेको छ । आईकाओले सदस्य राष्ट्रहरुलाई एडभाइजरी जारी गर्दै अन्तराष्ट्रिय उडान सहज बनाउन अनुरोध गरेको हो ।

अन्तराष्ट्रिय रोक्दा चार्टर गरेर सम्बन्धित गन्तव्य फर्कन नसक्ने नागरिक मर्कामा परेको भन्दै आईकाओले सदस्य राष्ट्रहरुलाई हवाई यात्रा सहज बनाउन अनुरोध गरेको हो ।

करिब २ सय मूलुक सदस्य रहेको आईकाओका महासचिव फाङ लिउले एडभाइजरी गर्दै विशेष उडानलाई सहजै अनुमति दिन, आफ्नो देशको आकाश र विमानस्थल प्रयोगमा सघाउन र व्यापारिक उडानसमेत सहज बनाईदिन आग्रह गरेका हुन् । 

आईकाओका अनुसार हाल अन्तराष्ट्रिय उडानमा ६० प्रतिशतले कमी आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved