अनुदानको कोरोना परीक्षण किट लिन श्री एयर सिंगापुर जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 05:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले कार्गो उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाई जेट इन्जिन जहाजबाट अन्तर्राष्ट्रिय कार्गो उडानका लागि अनुमति दिएको हो ।

कम्पनीले बाम्बार्डियरका सिआरजे–७०० र सिआरजे–२०० जहाजबाट एसिया प्रासान्त क्षेत्रबाट कार्गो उडान गर्न अनुमति पाएको हो ।  श्री एयरका प्रवक्ता अनिल मानन्धरका अनुसार अब श्रीले सिआरजे–७०० र सिआरजे–२०० मोडलका चार जहाजबाट कार्गो उडान गर्न सक्नेछ ।

अनुमति पाउँनासाथ श्रीले बिहिबार सिंगापुर कार्गो उडान गर्ने भएको छ । नेपाललाई सिंगापुरको टेमसेक फाउन्डेसनले अनुदानमा उपलब्ध गराएको १० हजार कोरोना परीक्षण किट ल्याउन श्रीले कार्गो उडान गर्ने भएको हो । 

सामान ल्याउँदा लाग्ने श्रीले ३३ प्रतिशत भाडा बेहोर्ने जानकारी गराएको छ । त्यस्तै बाँकी भाडा शेखर गोल्छा र पशुपति मुरारकाले बेहोर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved