निगमले कटायो पाइलटको तलब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 07:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले दोस्रो पटक पाइलटको तलब कटौती गरेको छ । निगमले विदेशी पाइलटको ५० प्रतिशत र करारमा नियुक्त गरिएका नेपाली पाइलटको ३३ प्रतिशत तलब कटौती गरेको हो ।

लकडाउन सुरु भएपछि करारमा नियुक्त विदेशी पाइलटलाई १५ दिन र नेपाली पाइलटलाई १० दिन बेतलबी बिदा दिएको निगमले करारमा कार्यरत १६६ एयर होस्टेजलाई पनि १० दिन बेतलबी बिदामा राखेको थियो । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउनु अगावै विदेशमा गएर उतै अड्किएका पाइलटको तलब भने ६६ प्रतिशत कटौती भएको छ ।

निगमी प्रवक्ता प्रवक्ता अर्चना खड्काका अनुसार निगममा १५ जना विदेशी पाइलट छन् । यीमध्ये दुई जना एयरबस ३२० न्यारोबडी उडाउने र बाँकी १३ जना वाइडबडी ए ३३० जहाज उडाउने पाइलट हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved