ग्राउण्डेड जहाजको बीमा शुल्क छुट दिनेबारे बोल्यो बीमा समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2020 | 02:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाई सेवा प्रदायक कम्पनीहरुले जहाज ग्राउण्डेड हुँदा पनि पूरै प्रिमियम शुल्क तिर्नुपरेको भन्दै गुनासो गरिरहेका बेला बीमा समितिले भने छुट दिन नसकिएको स्वीकार गरेको छ । 

‘एयरलाइन्स व्यवसायीहरुले अहिले जहाज नउडेको अवस्थाको पनि बीमा शुल्क तिर्दै आएका छन् । बीमा कम्पनीहरुले ‘फुल फ्लाइट कभरेज’को पैसा असुलिरहेका छन्’ एयरलाइन्स अपरेटरर्स एसोसियसनका प्रवक्ता योगराज कँडेल भन्छन्, ‘जहाज नउडेको अवधिमा १० प्रतिशत मात्रै शुल्क तिर्दा हुने भएपनि सरकारले सहजिकरण नगरिदिँदा पूरै शुल्क तिर्नुपरेको छ । जहाजको बीमा विदेशी कम्पनीमार्फत हुने गरेको छ । उनीहरुलाई भन्दा ‘जहाज उडाउनु’ भनेर उत्तर दिने गरेका छन्, तर अहिले जहाज उडाउने अवस्था छैन ।’ 

तर बीमा समितिका अध्यक्षले भने विदेशी पुर्नबीमा कम्पनीहरुले जहाजको कम र प्यासेन्जरको बीमा धेरै गर्ने भएकाले चाहेर पनि नेपाली हवाई कम्पनीहरुलाई सुविधा दिन नसकिएको स्वीकार गरेका छन् । आर्थिक पत्रकार संघ (नाफिज) सँगको भर्चुअल अन्तरक्रियामा अध्यक्ष चिरञ्जीवि चापागाईले विदेशी पुर्नबीमा कम्पनीसँग छलफल गरेर मात्रै छुटको विषय टुंगो लगाउन सकिने बताए ।

‘एभिइसन क्षेत्रको बीमामा विदेशी पुर्नबीमा कम्पनीले छुट नदिएसम्म समितिले दिन सक्दैन’ समितिका अध्यक्ष चापागाईले भने, ‘बिमक संघले विदेशी पुर्नबीमा कम्पनीसँग छलफल गरेर छुटको विषयमा आफैँले टुंगो लगाउनुपर्छ ।’ 

उनका अनुसार विदेशी पुर्नबीमा कम्पनीले छुट नदिएसम्म नेपाली कम्पनीलाई छुट दिन समितिले अनुरोध गर्न सकेको छैन । यसका साथै एक वर्षको सम्झौता भइसकेकाले पनि छुट दिन अवरोध भएको उनको स्वीकारोक्ति छ । 

यसअघिः

कोरोनाले हवाई क्षेत्रमा भयावह क्षतिः ३ महिनामा ४२२ करोड गुम्यो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved