नेपाली बोकेर निगमको जहाज कोरिया जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 05:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया जाने नेपाली बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको सियोल जाने भएको छ । बिदामा नेपाल आएका र भिसा लागेर पनि जान नपाएहरुलाई लिएर निगमको ए३३० जहाज सियोल जाने भएको हो ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार बैशाख १८ गते बिहान १० बजे जहाज त्यसतर्फ प्रस्थान गर्नेछ । निगमकी प्रवक्ताका अनुसार यात्रु संख्या टुंगो लागिसकेको छैन । जहाज गैरआवासीय नेपाली संघ कोरियाले यात्रु आफैँले भाडा तिर्नेगरी चार्टर गरेको बताईएको छ । बैशाख १८ गते काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट उड्ने जहाज १९ गते शुक्रबार काठमाडौं अवतरण गर्ने छ । 

मन्त्रिपरिषद् बैठकले कोरिया जाने नेपालीलाई लकडाउनकै अवधिमा जान दिने गरी निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved