हवाइ इन्धनको मूल्य लिटरमा २५ रुपैयाँ घटाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 05:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाइ सेवा प्रदायक कम्पनीहरुले हवाइ इन्धनको मूल्य घटाउन आग्रह गरेका छन् । लकडाउनका कारण व्यवसाय शून्यमा झरेको अवस्थामा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै एयरलाइन्स अपरेटरर्स एसोसियसनले हालको मूल्य मँहगो भएको बताएको छ । 

अहिले नेपालमा आन्तरिक उडान भर्ने हवाई जहाजहरुले ७५ रुपैयाँ प्रतिलिटरमा इन्धन लिँदै आएका छन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेल र हवाई इन्धनको मूल्य क्रमशः घटिरहेको भएपनि आयल निगमले हवाई इन्धनको मूल्य नघटाउनु अचम्म भएको उनीहरुको भनाई छ । भारतमा हवाई इन्धनको मूल्य भारु २२ देखि २७ रुपैयाँ छ । सोही आधारमा नेपालमा ३६ रुपैयाँदेखि ४४ रुपैयाँ कायम हुनुपर्ने उनीहरुको माग छ । 

हवाई इन्धनको मूल्य ५० रुपैयाँको हाराहारीमा झार्नुपर्ने संघको माग छ । संघका कोषमध्यक्षसमेत रहेका बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी हवाइ इन्धन लिटरको ५० रुपैयाँमा बेच्दा पनि निगमलाई नाफा नै हुने दाबी गर्छन् । उनले इन्धनको मूल्य घटाएर निगमले सहयोग गरे अर्बौ घाटामा गएका वायुसेवा कम्पनीलाई राहत पुग्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved