निगमका ३ वटा चार्टर्ड विमान जापान जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 01:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले जापानमा ३ वटा चार्टर उडान भर्ने भएको छ । आफ्ना नागरिक स्वदेश लैजान जापानले जहाज चार्टर गरेको र उडान मितिसमेत तय भइसकेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन् । 

उनका अनुसार मे १५, मे १७ र मे २२ मा निगमको वाइडबडी हजाज जापान उड्दैछ । जापन निगमको पूरानै गन्तव्य मूलुकसमेत हो  । लकडाउन अघि निगमले जापानको नारितामा सातामा ३ व्यवसायिक उडान भर्ने गरेको थियो । 

निगमले लकडाउनपछि करिब १ दर्जन अन्तर्राष्ट्रिय चार्टर उडान गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved