नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 05:18:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक संसदीय समितिमा पेश भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी पेश गरेका हुन् । 

विधेयकमा प्राधिकरणलाई फरक फरक २ संस्था बनाउने व्यवस्था गरिएको छ । सरकारले प्राधिकरणलाई विभाजन गरी हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा २ संसथा बनाउने गरी विधेयक ल्याएको हो । विधेयक आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमन र नेपाल हवाई सेवा प्राधिकरणले हवाई सेवा प्रदायकको काम गर्नेछ । 

सेवा प्रदायक र नियामक निकाय फरब फरक बनाउन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन २००९ देखि नै नेपाललाई सुझाव दिँदै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved