३ दिनमा मन्थलीबाट २३ हजार किलो सामान सोलु पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 04:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि कार्गो उडान सुरु भएपछि ३ दिनमा २२ हजार ८ सय किलोग्राम सामान सोलु पुगेको छ । मन्थली विमानस्थलबाट मे १५ बाट कार्गो उडान सुरु भएपछि ३ दिनमा तारा र समिट एयरले २२ हजार ८ सय किलो सामान लुक्ला पुर्याएका हुन् । 

उडान खुलेको पहिलो दिन मे १५ मा तारा एयरले १ हजार ७ सय किलोग्राम र समिट एयरले १ हजार ८ सय किलोग्राम सामान लुक्ला पुर्याएका छन् । मे १६ मा तारा एयरले १ हजार ७ सय र समिटले १ हजार ८ सय किलो सामान बोकेका थिए । आइतबार मे १७ मा भने मन्थली–लुक्ला ९ उडान भएका छन् । आज ४ उडान गरेको तारा एयरले ६ हजार ८ सय किलोग्राम सामान लुक्ला पुर्याएको छ भने ५ उडान गरेको समिटले ९ हजार किलोग्राम सामान बोकेको छ । 

कार्गो उडानमा खाद्यान्नदेखि निर्माण सामग्रीसम्म रहेको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । गत वर्षबाट सगरमाथा क्षेत्रको उडान मन्थली विमानस्थलबाट हुँदै आएको थियो । सोलु क्षेत्रमा खाद्यान्न लगायतका सामान अभाव हुन नदिन लकडाउनको अवधि कायम रहेकै बेला सरकारले मन्थली–लुक्ला कार्गो उडान भने खुल्ला गरेको हो ।

सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान भने जेठ १८ गतेसम्म स्थगित राखेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved