२६० यात्रु बोकेर जापान उड्दै निगमको वाइडबडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 07:48:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर भोलि दिउँसो १ः३० बजे काठमाडौँ अवतरण गर्नेछ । काठमाडौँ–फुकुओका गन्तव्यको उडान करिब ६ घण्टाको हुनेछ । 

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर्ड उडान गर्न लागेको जानकारी दिए । यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् । नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर्ड उडान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved