असार १७ बाट आन्तरिक उडान खुल्ला गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 02:42:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १७ गतेदेखि आन्तरिक हवाई उडान खुल्ला गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । प्राधिकरणमा आन्तरिक उडान गर्दै आएका कम्पनीसँग छलफल गर्दै महानिर्देशक राजन पोखरेलले आन्तरिक उडान खुल्ला गर्नेबारे सुझाव लिएका थिए ।

असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको प्राधिकरण स्रोतले जनाकारी दिएको छ । आजको छलफलमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेश राई उपस्थित थिए । 

‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान सुरु गर्न प्राधिकरणले प्रस्ताव गर्ने सहमति भएको छ’ स्रोतले भन्यो, ‘त्यसको १५ दिनपछि साउन १ बाट भने देशभरका सबै आन्तरिक गन्तव्यमा उडान खुल्ला गर्नेगरी प्राधिकरणले मन्त्रालयमार्फत उच्चस्तरीय समितिमा प्रस्ताव पठाउनेछ ।’

प्राधिकरणका प्रवक्तासमेत रहेका उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने प्राधिकरणमा भएको छलफलमा प्रस्ताव गर्ने निर्णय भएको खबर आफूले पाएको तर उच्चस्तरीय समिति वा मन्त्रिपरिषद्ले निर्णय नगरी मिति नै तोकेर खुल्छ भनेर भन्न नसकिने बताए । कोरोना भाइरसका संक्रमित धेरै भएका जिल्लाका गन्तव्यमा भने उडान हुने छैन ।

साउन महिनामा भित्रै सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा पनि भएको बताईएको छ । 

सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ ३२ सम्म स्थगित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved