पहिलोपटक अष्ट्रेलियाको राजधानी जाँदै नेपाल एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 11:18:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको जहाजले आज आज तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाज अष्ट्रेलियाको राजधानी क्यानबेरा जान लागेको हो । यो उडान नेपालको राजधानी काठमाडौँबाट अष्ट्रेलियाको राजधानी क्यानबेरा जोड्ने पहिलो उडान हुनेछ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजे निगमको जहाज क्यानबेराका लागि उड्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन् । 

लकडाउनका कारण नेपालमै रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिकसहित छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपालीसमेत गरी २५० बढी यात्रुलाई नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको जहाज चाटर्ड गरी फिर्ता लैजान लागेको हो । निगमको जहाज मलेशियाको क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ ।

यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा र वैशाख २४ गते सिड्नीमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved