२९६ यात्रु बोकेर अष्ट्रेलिया उड्यो निगमको वाइडबडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 05:52:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको जहाज अष्ट्रेलिया उडेको छ । निगमको वाइड बडी ए३३० जहाज काठमाडौँबाट अष्ट्रेलियाको राजधानी क्यानबेरा उडेको हो । यो काठमाडौँ–क्यानबेरा जोड्ने पहिलो उडान हो । 

नेपालमा लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा नेपाल आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २९६ जनालाई अष्ट्रेलियाली दूतावासले जहाज चार्टर्ड गरी लगेको हो । निगमको जहाज मलेशियाको क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ ।

यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा र वैशाख २४ गते सिड्नीमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved