विदेशबाट नेपाली ल्याउन सरकारले तोक्यो भाडादर, कुन देशको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 08:38:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशमा अलपत्र नेपाली फर्काउने उडान तालिका बनाएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणको उडानका लागि तालिका तयार पारेको हो । मन्त्रालयले तयार पारेको तालिका कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ ।

मन्त्रालयले जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनाएको छ । 

उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ । नेपालीसहित विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गरिनेछन् ।

विभिन्न देशबाट ५६ हजारले नेपाल फर्किन चाहेपनि परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ । ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबैभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन् ।

यस्तो हुने छ उडान तालिकाः

जेठ २९ गते कुवेतमा (२ उडान), जेठ ३२ गते बंगलादेश, असार १ गते माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुररकम्बोडिया र ओमन, असार २ गते दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)र माल्दिभ्सबाट उडान हुनेछन् । 

असार ३ गते बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका, असार ४ गते साउदी (रियाद), दुबइ, मलेसिया, ओमन, असार ५ गते जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया, असार ६ गते साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियनबाट उडान हुने छ ।

त्यस्तै असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया, असार ८ गते अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार, असार ९ गते जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा, असार १० गते साउदी अरब, कुवेत र असार ११ गते संयुक्त राज्य अमेरिका, साइप्रस र इजरायलबाट उडान हुनेछ ।

यस्तो छ भाडादरः

सरकारले गन्तव्य हेरी भाडादर पनि तय गरेको छ । नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी मन्त्रालयले भाडादर तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved