नेपाली ल्याउन ६७ उडान, कुन देशमा कुन कम्पनीको ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 01:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आज जेठ २९ गतेबाट विदेशमा अलपत्र नेपालीको उद्वार तीब्र रुपमा सुरु भएको छ । विभिन्न मुलुकले कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी गरेको लकडाउनका कारण रोकिएका नेपालीहरुको उद्धार सुरु भएको हो । 

विदेशमा अलपत्र नागरिकलाई राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्स र अरु विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल ल्याउनेछन् । यसअघि कुन एयरलाइन्सलाई चार्टड उडान गर्न दिने भन्ने विवाद रहँदा नेपालीको उद्वार समयमै हुन सकेको थिएन । राष्ट्रिय ध्वजाबाहक भएको नाताले क्षमता अनुसार उद्वार उडान आफूले पाउनुपर्ने निगमको दाबी र नेपाली लगानीको अन्तराष्ट्रिय उडान भर्ने कम्पनी भएका कारण आफूलाई पनि छुटाउन नहुने हिमालयको अड्डीका कारण रोकिएको उद्वारको काम आजबाट सुरु भएपनि जेठ ३२ बाट भने दैनिक उद्वार हुनेछ ।

आज भने कुवेतबाट २ वटा उडान हुँदैछन् ।

असार ११ गतेसम्म हुने उद्वार उडानमा नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज र हिमालय एयरको न्यारोबडी जहाजले उडान भर्नेछन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान गर्दा बाँकी २४ वटा उडान भने विदेशी विमान कम्पनीलाई दिईनेछ । 

कुन कम्पनीले कहाँबाट कहिले गर्नेछन् उडान:

बंगलादेशको ढाकाबाट जुन १४ मा हुने दुई वटा उडानमध्ये दुबै उडान विदेशी विमान कम्पनीले गर्नेछन् । जुन १५ मा नेपाल वायु सेवा निगमले माल्दिभ्सको माले र मलेशियाको क्वालालम्पुरबाट नेपालीहरु बोकेर काठमाडौँ आउनेछ । जुन १५ मा नै हिमालय एयरले साउदी अरब र सिंगापुरबा नेपालीहरुलाई काठमाडौँ ल्याउने छ ।

जुन १६ मा संयुक्त अरब इमिरेट्स (युएई) र कतारबाट निगमकै जहाजले उडान गर्दा कुवेत, श्रीलंका र मालेबाट हिमालयले उडान भर्नेछ । 

जुन १७ तारिखमा अष्ट्रेलिया, बैंकक र बहराइनबाट निगमले यात्रु ल्याउनेछ । सोही दिन हिमालयले बंगलादेश र कतारबाट नेपालीहरु लिएर काठमाडौँ आउनेछ । जुन १७ मा अमेरिकाबाट विदेशी विमान कम्पनीले नेपालीहरु लिएर काठमाडौँ आउने तालिका तय भएको छ ।

जुन १८ मा निगमको जहाजले साउदी र युएईबाट नेपालीहरु लिएर काठमाडौँ आउँदा हिमालयले  क्वाललम्पुर र मस्कटबाट यात्रु बोकेर काठमाडौँ आउनेछ । 

जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्स र साउदी र नाइजेरीयाबाट हिमालयले उडान भर्ने छ । 

जुन २० मा नेपाल एयरलाइन्सले साइप्रस, क्वालालम्पुर र कतारबाट ३ वटा उडान भर्दैछ जुन २० मा नै हिमालयले युएई र बंगलादेशबाट नेपालीहरु ओसार्नेछ । २० जुनमै ईयूको एउटा उडान हुनेछ । 

जुन २१ तरिखमा दक्षिण कोरिया र मस्कट (ओमान)बाट निगमले उडान भर्नेछ । सोही दिन हिमालय एयरले कुवेत र क्वालालम्पुरबाट उडान गर्नेछ ।

जुन २२ मा निगमले अष्ट्रेलिया र बैंककबाट र हिमालयले पाकिस्तान र कतारबाट उडान गर्नेछ । 

जुन २३ मा निगमको जहाजले जापानको नारिता र मालेबाट उडान गर्दा हिमालयको उडान भने युएई र युगान्डाबाट हुनेछ ।

जुन २४ मा नेपाल एयरलाइन्सले साउदी र कुवेतबाट नेपाली ल्याउनेछ ।

जुन २५ तारिखमा निगमको वाइडबडी जहाजले जापानका नेपाली बोकेर काठमाडौँ आउँदा हिमालयले साइप्रस÷इजरायलबाट उडान गर्ने छ ।

यसअघिः

विदेशबाट नेपाली ल्याउन सरकारले तोक्यो भाडादर, कुन देशको कति ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved