‘जुरिच एयरपोर्ट’ लाई निजगढ विमानस्थल सञ्चालनको प्रस्ताव दिन समय थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 10:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा लिन चाहेको जुरिच अन्तराष्ट्रिय विमानस्थलासँग व्यवसायिक प्रस्ताव माग्ने म्याद बढाईएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनकै बीचमा जुरिचसँग व्यवसायिक प्रस्ताव माग्ने म्याद बढाएर सेप्टेम्बर २०२० सम्म पुर्याएको छ । 

प्रस्तावित सो विमानस्थलको विकास र सञ्चालनका लागि लगानी बोर्डले यसअघि नै प्रस्ताव आह्वान गरको थियो । बोर्डले माघ शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै स्वीटजरल्याण्डको जुरिच एयरपोर्ट इन्टरनेशनल एजीसँग आशयपत्र मागेको थियो । बोर्डले लगानी सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शोकेस गर्दा त्यसमा प्रस्ताव गरेका विभिन्न ७ कम्पनी मध्येबाट जुरिच सर्टलिष्टमा परेसँगै आशयपत्र मागिएको थियो । फागुन १८ गतेसम्म आर्थिक र प्राविधिक दुवै प्रस्ताव पेश गर्नुपर्ने भनिएपनि प्रस्ताव आएको थिएन ।

केही समयमा प्रस्ताव आउने भनिएपनि कोभिड–१९ कारण लकडाउन हुँदा प्रस्तावको काम नै रोकिएको थियो । त्यसैलाई कारण देखाउँदै सरकारले अन्तिम पटक भन्दै आगामी सेप्टेम्बरसम्म जुरिचले प्रस्ताव दिन सक्ने गरी म्याद बढाएको हो ।

‘जुरिचसँग व्यवसायीक प्रस्ताव माग्ने म्याद सेप्टेम्बर अन्तिमसम्म पुर्याइएको छ’ मन्त्री भट्टराईले भने, ‘यो अन्तिम पटक थप भएको हो, यो अवधिमा पनि उ (जुरिच) बाट प्रस्ताव नआए नयाँ ढंगले अगाडी बढ्छौँ ।’ 

उक्त विमानस्थल पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा निर्माण गर्ने सरकारको तयारी छ । यो मोडलमा आयोजना निर्माण भए निर्माणकर्ताले निर्माण अवधिसहित ३० वर्ष (अधिकतम) सञ्चालन गरेर सञ्चालन भएकै अवस्थामा नेपाल सरकालाई हस्तान्तरण गर्नेछ ।

यस्तो थियो लगानी बोर्डले अह्वान गरेको प्रस्तावः 

लकडाउनका नीतिगत काम 

लकडाउनका बेलामा पनि प्रस्तावित यो विमानस्थलको नीतिगत काम भने नरोकिएको मन्त्रालयले जनाएको छ । विमानस्थलको परिमार्जित गुरुयोजनाको इओआइ मूल्यांकन सम्पन्न भई आरुइपी मूल्यांकनको चरणमा रहेको नागरिक उड्डयन प्राधिकरणको दाबी छ । 

विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने पसाहा खोलाको ३० प्रतिशत तटबन्ध (३६५ मिटर) निर्माण सम्पन्न भएको मन्त्रालयको दाबी छ । त्यस्तै बकैया खोलाको ४० प्रतिशत तटबन्ध बाँध्ने काम पनि सकिएको छ । 

विवादित बनेको रुख बटानका विषयमा निर्माण क्षेत्र भित्र रहेका रुख ब्ट्यानको छपानका लागि रुख विरुवा गणना गर्ने काम बन मन्त्रालयसँगको सहकार्यमा सुरु गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

निजगढ निर्बिकल्प आयोजना

मन्त्री भट्टराईले निजगढमा विमानस्थल बनाउने योजनाबाट सरकार पछि नहट्ने बताएका छन् । रुख कटानको विषय पेचिलो बन्दै अदालतमा समेत मुद्दा परेको अवस्थामा मन्त्री भट्टराईले यो आयोजना ‘गेम चेन्जर’ आयोजना भएकाले निर्माणमा समन्वय गर्न अनुरोध गर्दै सम्बन्धित पक्षलाई अवरोध नगर्न पनि अनुरोध गरेका छन् । 

२०५१ सालदेखि नै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको आवश्यकता पर्ने भन्दै बसह सुरु भएपनि विभिन्न क्षेत्रको स्थलगत निरीक्षण पश्चात २०६४ सालबाट निजगढलाई उपर्युक्त स्थान मानिएकाले अब पछि हट्ने अवस्था नरहेको मन्त्री भट्टराईले प्रष्ट पारेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved